झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुराना राजनीतिक दलका नेताहरूका लागि पहिला लुटेको सम्पत्ति लुकाउने समय अब चार वर्ष मात्र रहेको बताएका छन्।

२०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि लुटेका सबै सम्पत्तिबारे छानबिन गरेर एक–एक गरेर राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई दण्डित गर्ने उनले दाबी गरे।

advertisement

झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै रास्वपाका सभापति लामिछानेले भने, ‘३२ वर्षमा लुटेको सम्पत्ति लुकाउनमा अबको चार वर्ष उनीहरू व्यस्त रहने छन्। तर २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि हेरौंला के गर्दा रहेछन्।’

अहिले चलिरहेका ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई मुटु दह्रो बनाएर अनुसन्धान गर्ने हो भने केही नेताबाहेक प्रायः सबै नेताको बास जेलमा हुने लामिछानेको भनाइ थियो।

उनले भने, ‘मुटु दह्रो भएको अनुसन्धान गर्ने हो भने धेरै नेताहरू बाँकी रहँदैनन्। मात्र तीन वटा फाइलले।’

इतिहासमा त्यस्ता भ्रस्टाचारका धेरै फाइल रहेका र कतिपय फाइल लुकाइएको अवस्थामा रहेका उनको दाबी थियो। आफूले आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको टीकाटिप्पणी हुने गरेकोमा उनले अन्य दलहरूलाई पनि त्यसरी काम गर्न चुनौती दिए।

लामिछानेले भने, ‘तपाईंहरूले पनि राम्रा कामको सुरुवात गर्नुहोस्। त्यहाँ ताली बजाउन अग्रपंक्तिमा म आफैं उपस्थित हुनेछु।’ नेपाली राजनीतिमा सही मान्छेलाई अवसर दिनुभन्दा आफ्ना मान्छेलाई पोस्ने परम्परा बसेको उनले बताए।

प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com