काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन् ।

सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

advertisement

सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ… ठूलै गडबड छ ।’
उनले सो प्रकरणमा ठूलै गडबड भएको गृहमन्त्रीप्रति आशंका गरेका छन् । त्यसो त सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने सहमति गरेको सोही अनुसार सीआईबीलाई सरकारले दबाब दिएको आरोप छ ।

प्रकाशित मिति: ३ भाद्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com