कैलाली । टीकापुर घटनाको ८ वर्षपछि आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताएका छन् ।

‘टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्’, उनले भने, ‘हामी चाहन्छौ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ । ’

advertisement

२०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् । आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गरिन् । साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त थिए ।

टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् । रेशम चौधरीले असोज ३ गते उनीहरू रिहा हुने र राज्यले रिहा गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com