काठमाडौं– नाबालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तान उडेका छन्। सन्दीप सोमबार बिहान कतार एयरवेजको उडानमार्फत् पाकिस्तान गएका हुन्।

सामाजिक सञ्जाल ट्विटर (एक्स)मा विमान चढेको तस्बिर राख्दै सन्दीपले एसिया कपका लागि साँच्चिकै उत्साहित र उत्सुक रहेको लेखेका छन्।

advertisement

यसअघि पनि पाकिस्तानमा हुँदाका धैरै राम्रा सम्झनाहरु रहेको उल्लेख गर्दै सन्दीपले एसिया कपका लागि उत्साहित भएको बताएका छन्।

सन्दीपले राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। सन्दीपलाई बिदाइ गर्न सदस्य सचिव घिसिङ विमानस्थलमै पुगेका थिए।

सन्दीपविरुद्धको मुद्दामा आइतबार पेसी थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा हेर्न नभ्याइने भएपछि मुद्दाको पेसी भदौ २१ गतेसम्मलाई सरेको छ।

प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com