काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हिन्दु धर्मावलम्बीहरुलाई लक्षित गरि बिवादित कुरा सामाजिक संजालमा लेखेका छन्।

उनले भाईटिका कुन धर्मको चार्ड भएको आफुलाई थाहा नभएको तर धरानमा आफुले सबैतिर सयपत्री फुल रोपिदिएको उल्लेख गरेपछी हिन्दुधर्मावलम्बीहरु हर्क साम्पाङको उक्त भनाईप्रती आक्रोशित भएका छन्।

advertisement

साम्पाङले लेखेका छन् – ‘कुन धर्म अन्तर्गतको चाड हो भाइटिका थाहा छैन तर चेलीले माइतीलाई लगाइदिऊन् भन्ना खातिर आज जङ्गल भरि पाखा भित्ता र सडक किनारा भरि सयपत्री फूल रोपिदिएको छु ! तिमी मेरो विरोध गर्दै बुरुक्क बुरुक्क उफ्र ! तिम्रो भगवानले तिमी र मलाई दुवैलाई मज्जाले हेरिराछन ! न्याय उनैले गरुन !’

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com