काठमाडौं । तिब्बतिन मुलुका बेल्जियम नागरिक दावा छिरिङले १ लाख रुपैयाँ नेपाली नागरिकता किनेको बयान दिएका छन् ।

६० किलो सुन प्ररकणमा पक्राउ परेका दावाले प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा साविति बयानका क्रममा तिब्बतियन नागरिक जिम्बा दोर्जे लामा मार्फत काभ्रेबाट नागरिकता लिएको बताएका छन् ।

दावासँग लिएको बयानको सवाल ६६ मा उनलाई नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा सोधिएको छ । जवाफमा दावाले आफूले दुई पटक गरि १ लाख रुपैयाँ दिएपछि हातमै नागरिकता आएका बताएका छन् ।

उनलाई सोधिएको सवाल यस्तो छ ।
सवाल ६६ :तपाईंले पेमा तामाङको छोरा निमा तामाङ भनी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट ना.प्र.नं. ३०–०१–७४–११८६८ नं.को नेपाली नागरिकता प्रमाणपत्र लिएको देखिएको हुँदा तपाईले के कसरी उक्त निमा तामाङको नामबाट नेपाली नागरिकताको प्रमाण पत्र लिनु भएको हो ? यसरी नक्कली तथा कीर्ते कागजातको आधारमा विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिनु कानून बिपरितको कार्य होईन र ? सो नागरिकता प्रयोग गरी नेपाली राहदानी लिनु भएको छ वा छैन ? खुलाउनुहोस्
दावाको जवाफ यस्तो छ ।

जवाफ :मैले आज भन्दा १५÷१६ वर्ष भन्दा अगाडी चिनेको तिब्बतियन नागरिक जिम्बा दोर्जे लामाले मलाई नेपाली नागरिकता बनाई म सँग सुरुमा रु. ५०,०००।– र सो पश्चात रु. ५०,०००।– गरी जम्मा रू. १,००,०००।– रकम र मेरो फोटो लिई गई जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट पेमा तामाङको छोरा निमा तामाङ भनी मेरो फोटो टासँ गरी नेपाली नागरिकता प्रमाणपत्र बनाई ल्याई मलाई दिएको हो । सो नागरिकता बनाउने समयमा म गएको थिईन । निज जिम्बा दोर्जे लामाले के कसरी बनाई ल्याए मलाई थाहा भएन । यसरी नक्कली तथा कीर्ते कागजातको आधारमा नेपाली नागरिकता लिनु कानून बिपरीतको कार्य हो । नेपाली राहदानी लिएको छैन ।

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This