काठमाडौं । सरकार र शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरुले असहमति जनाएका छन् । सरकारसँग भएको वार्तामा आफ्नो माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले असहमति जनाएका हुन् ।

दुई पक्षबीच भएको वार्तामा आफ्नो माग समाधान नगरेपछि राहतका शिक्षकहरु बैठकबाट उठेर हिँडेको नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले बताए ।

advertisement

राहतका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएको छ । माइतीघर मन्डलामा भोलि भेला हुने राहत शिक्षक संघका महासचिव कुमार बजगाईंले बताए । ४० हजार शिक्षक आक्रामक रुपमा उत्रने उनको दाबी छ ।

साथै शिक्षक महासंघबाट राजीनामा दिने राहत शिक्षकका महासचिव बजगाईंले बताए ।

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com