काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ।

‘जङ्गलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

advertisement

उक्त भिडियो भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई जिम्मेवारीबाट हटाए प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले जानकारी दिए । रिमालका अनुसार बस्नेतलाई स्पष्टीकरण समेत सोधिएको छ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको र चित बुझ्दो जवाफ नआए उनलाई विभागीय कारबाहीका लागि सिफारिस गरी प्रमुखको जिम्मेवारी अर्का कर्मचारीलाई दिने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए।

 

‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘तर, नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौँ, स्पष्टीकरण के आउँछ त्यो आधारमा अर्को कर्मचारीलाई जिम्मेवारी दिने तयारी छ ।’

 

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com