काठमाडौं । ‘आपराधिक विश्वासघात’ कसुरमा प्रहरीमा उजुरी परेपछि पक्राउ परेका अभिनेता अनमोल केसी शुक्रबार रातिदेखि नै अस्पताल भर्ना भएका छन्। छातीमा समस्या देखिएपछि केसी शुक्रबार राति अस्पताल भर्ना भएको अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले जानकारी दिए।

सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘रावायण’ फिल्ममा अभिनय गर्ने भनेर १० लाख रुपैयाँ लिएको, तर अन्तिम समयमा फिल्म खेल्न अस्वीकार गरेको भन्दै केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

advertisement

उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई शुक्रबार साँभफ भक्तपुरबाट पक्राउ गरेको थियो।

निर्माता न्यौपानेले केसीलाई अस्पतालमा गएर भेटेका छन्। भेटमा केसीले नराम्रो फिल्म नगर्ने, बरु जेलमै बस्ने बताएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com