नेपालगञ्ज । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको भएको हो ।
ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्यालीमा ढुंगामुडा प्रहार भएपछि कर्फ्यु जारी गरिएको हो । नेपालगंज उपमहानगरपालिकाको चार किल्लामा सभा, सम्मेलन, प्रदर्शन गर्न निषेध गरिएको छ।
पूर्वमा राप्ति नदी, दक्षिणमा जमुनाहा, उत्तरमा राँझा चोक र पशिममा इन्द्र गाउँ जाने बाटोसम्म कर्फ्यु जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।
प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार












प्रतिक्रिया