चितवन । सत्तारुढ दल नेकपा माओवादीमा रहेका ईसाई धर्मावलम्बीहरुले भरतपुर महानगरपालिकामा भ्रातृ संगठन निर्माण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको सम्मेलनबाट माओवादी निकट ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरिएको हो ।

गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेको सम्मेलनले शिवु क्षेत्री अध्यक्ष रहेको प्रगतिशील ईसाई मञ्चको घोषणा गरेको छ । नयाँ निर्वाचित अध्यक्ष क्षेत्रीले फेसबुकमा गत बिहीबार भरतपुर महानगरका मेयर रेनु दाहाल सहभागी भएको तस्वीरसहित मञ्च गठनको जानकारी गराएका छन् ।

advertisement

क्षेत्रीका अनुसार उक्त सम्मेलन ईसाई पहल समिति चितवनका संयोजक सुमन लुगेंलीको अध्यक्षतामा भएको थियो । सम्मेलनमा प्रतिनिधिसभाका पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र भरतपुरका अध्यक्ष ईश्वर सापकोटालगायत उपस्थित थिए ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com