काठमाडौँ । सरकारले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता नहुने बताएको छ ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक बिदा फिर्ता नहुने बताएकी हुन् ।

advertisement

माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउन मन्त्रिपरिषद्ले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यस विषयलाई लिएर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले असोज १६ गते प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राखेका थिए। ओलीले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता हुनुपर्ने बताएका थिए।

त्यसलाई लिएर मन्त्री शर्माले स्पष्टीकरण दिएकी हुन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फागुन १ गतेको बिदा सम्बन्धी सोधिएको प्रश्नको जवाफमा मन्त्री शर्माले भनिन्, “मन्त्रिपरिषद्ले गरेको निर्णयबाट सरकार तलमाथि भएको छैन, हुँदैन पनि।”

एमालेसँग गठबन्धनमा रहेकै वेलाको सरकारले यो निर्णय गरेको उनको भनाइ थियो।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com