काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीसँग कुनै नीति नभएको बताए ।

उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान सम्झिन पनि फुर्सद छैन । यिनीहरूसँग कुनै नीति छैन ।’

advertisement

उनले काँग्रेस माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए ।

उनले भने, ‘काँग्रेस र हामी सँगसँगैको पार्टी हौँ । तर, काँग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने । ८७ सीट छ तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ । आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् । माधव नेपालले भन्नु त ठिक हो । जेसुकै गल्ती गरेपनि काँग्रेसपछिको सरकार सोच्न सकिँदैन । हामी काँग्रेसकै पछि लाग्छौँ । माधव नेपाललाई त सुहाउँछ । तर, काँग्रेस चाहिँ ३२ सिटको पछाडि किन लागेको छ ।’

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com