काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन्।

आज पार्टीको ललितपुर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले ०६२/०६३ को परिवर्तन पछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ ले मुलुकलाई गति दिन नसकिने दाबी गरेका हुन् ।

advertisement

अब राजासहितको प्रजातन्त्र , सर्ब धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु अधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आवश्यक रहेको जिकिर गर्दै थापाले मुलुकमा कायम भ्रष्टाचार, बेथिति, धर्म परिवर्तन र कुशासनको अन्त्यको लागि आन्दोलनमा जोड दिए । संगठन निर्माण सङ्गै आन्दोलनको व्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरे।

मुलुकमा रहेको ब्रह्मलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरूको सिन्डिकेटले मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । कार्यक्रममा महामन्त्री भास्कर भद्रा, जिल्ला अध्यक्ष सुदर्शन केसी लगायत भातृ संगठनका प्रमुखहरूले मन्तव्य राखेका थिए । कार्यक्रमबाट आगामी असोज २७ गते राप्रपा नेपाल ललितपुरको आयोजनामा लगनखेलमा सभा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com