धादिङ । आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन्। ७५ वटा घर चर्किएका छन्।

ज्वालामुखी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको छ।

advertisement

पटक-पटक चार रेक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए।

धादिङको ज्वालामुख केन्द्रविन्दु भएर सुरुमा आइतबार बिहान ७:३९ बजे  ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ८:०८ बजे ४.२ रेक्टर स्केल, ८:२८ बजे ४.३ रेक्टर स्केल र ८:५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण संकलन भइरहेको बताए।

धादिङको खरी केन्द्रविन्दु भएर सुरुमा आइतबार बिहान ७:३९ बजे  ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ८:०८ बजे ४.२ रेक्टर स्केल, ८:२८ बजे ४.३ रेक्टर स्केल र ८:५९ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com