कालीकोट । कालीकोट प्रहरीले गोरु काटिरहेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको छ । कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा २६ गते बिहान पक्राउ गरेको हो।

काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जङ्गलमा रहेको चदारे खानेपानी ट्याङ्कीनजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

advertisement

पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–८ बस्ने अन्दाजी वर्ष २२ का हिक्मत वि.क, वडा ९ बस्ने वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियारलाई २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जङ्गलमा गोरु काटेको सूचना वडा ८ का वडाध्यक्ष लालबहादुर विष्टले दिएपछि प्रहरीले गोरुको टाउकोसहित उनीहरूलाई पक्राउ गरेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाले सहरको सिकाइ गाउँमा हुन थालेको बताए ।

पछिल्लो समय सहरको नकारात्मक सन्देश गाउँमा पुग्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो । गोरु काट्नेलाई पशुपन्छी कसुर अन्तर्गतको कसुरमा मुद्दा चलाएको बताइएको छ । अपराध संहिता २०७४ को फौजदारी कसुर ऐनको परिच्छेद २७ मा पशुसम्बन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ।

प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com