काठमाडौँ । स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन्।

सामाजिक सञ्जलामा ‘हिमेश’ नाम भएको व्यक्तिको भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज समेत गरेको उनको भनाइ छ ।

advertisement

उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एक पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजोदेखि मेरो इनबक्समा गालीका म्यासेजहरु आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरो मेरो बिहे नै भएको छैन ।’ उनले आफू कुनैपनि घरेलु हिंसालाई समर्थन नगर्ने समेत बताएका छन् ।

सार्वजनिक भिडियोमा पत्रकार हिमेश न्यौपानेकी श्रीमतीले आफूलाई श्रीमान हिमेशले हिंसा गरेको आरोप लगाएकी छन् । उक्त भिडियोमा उनले आफूमाथि चर्को हिंसा भएकाले सहायताका लागि हारगुहार गरेकी छन् । जुन भिडियोलाई लिएर कतिपयले आफूलाई गाली गरेको कमेडियन हिमेशको भनाइ छ ।

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com