काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार षड्यन्त्रपूर्वक हटाइएपछि देशको राष्ट्रियता र देशको स्वाधीनता कमजोर भएको दाबी गरेका छन् ।

मध्यपहाडी राजमार्ग यात्रासँगै एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा दैलेखको राकम कर्णालीमा आयोजित आमसभामा अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने टिप्पणी गरे ।

advertisement

उनले भने, ‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाइयो । एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिक रूपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो । एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गइरहेको छ, त्यो झन् कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, भूमि फिर्ता आउँदैन, झन् मिचिने सम्भावना हुन्छ । आउँदो चार वर्षपछि एमालेको एकल बहुमतको सरकार बन्ने ओलीले दाबी गरे ।

अध्यक्ष ओलीले राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा अनुसार काम भइरहेको बताए । मध्यपहाडी राजमार्ग खुलेपछि पहाडी र दुर्गम गाउँ सुगम बन्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com