सर्लाही । सर्लाहीको हरिपुर्वामा अज्ञात समूहले हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटपाट गरेका छन्।

बिहीबार बिहान हरिपुर्वा नगरपालिका–६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।
हरिपुर्वा नगरपालिका–५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ।

advertisement

नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यलय जाँदै गर्दा बाटैमा लुटपाट भएको संस्थाका अध्यक्ष गणेशकुमार यादवले जनाकारी दिए।

सहकारीका अनुसार ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा सवार सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायलाई बाटो घेरेर अज्ञात समूहले साथमा रहेको पाँच लाख रकम लुटेर लगेको हो।

कर्मचारीहरुले प्रतिकार गर्न खोज्दा अज्ञात समूहले एक राउन्ड हवाई फायरसमेत गरेको प्रत्यक्षदर्शीको भनाइ छ। नम्बर नखुलेको मोटरसाइकलमा सवार दुईजनाको समूहबाट हवाइफायर भएको थियो।

सूचना प्राप्त भएलगत्तै घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए। हतियारधारी समूह लुटपाटपछि हर्दी खोलातर्फ भागेको प्रत्यक्षदर्शीले जानकारी दिए। घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट ४ सय मिटरको दूरीमा छ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com