काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दाका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय काले बाङगेल भनिने निमा लामालाई पक्राउ गरेको हो।

उनलाई कास्कीको विजयपुरबाट मंगलबार पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए। कर्तव्य ज्यान र थुनुवा कैद भागे/भगाएको कसुरमा उनलाई २९ वर्ष ६ महिना २० दिनको कैद सजाय सुनाइएको थियो।

advertisement

२०७१ वैशाख २८ गते राति साढे ११ बजे निमाले सिन्धुपाल्चोकको साविकको ठूलोपाखर गाविस–२ बस्ने ४३ वर्षीय कालिमाया लामाको हत्या गरेका थिए। निमासहितका व्यक्तिले कालिमायालाई कुटपिट गरी पटुकाले घाँटी कसेर हत्या गरी चिलाउनेको रुखमा झुण्याएका थिए।

उक्त कर्तव्य ज्यानको कसुरमा निमालाई अदालतले २०७१ चैत १७ गते २० वर्ष कैदको सजाय सुनाएको थियो। २० वर्ष कैद भुक्तान गर्ने क्रममा २०७२ वैशाख १२ गते भूकम्प गएपछि निमा कारागारबाट फरार भएका थिए।

थुनुवा कैद भागे/भगाएको कसुरमा निमालाई २०७४ फागुन ९ गते थप ९ वर्ष ६ महिना २० दिनको कैद सजाय सुनाइएको थियो। भूकम्पपछि फरार रहेका निमालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको सीआईबीले जनाएको छ।

 

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com