काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । बिदामा बस्न भनिएका अधिकारी कार्यालयमा आउने खबरसँगै कार्यकक्षमा नै ताला लगाएको हो ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै आफ्नै सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन गरेका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न भनेका थिए ।

advertisement

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा गठित छानबिन समितिले छानबिन नसकिन्जेल कार्यालयमा हाजिर नहुन भनेकोमा सोमबार कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताला लगाउन निर्देशन दिएको हो ।

‘प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर देखिई सकेपछि छानबिन चलिरहेको क्रममा फर्किने भन्ने कुरा हुँदैन’ बालेनका स्वकीय सचिव भूपदेव साहले बताए ।

‘कानुनअनुसार छानबिन भइरहेको बेला उहाँको कार्यकक्ष खुल्ने भन्ने कुरै हुँदैन’ स्वकीय सचिव साहले भने ।

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेकोमा प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारीसहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका थिए ।

  • प्रशासनबाट

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com