काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औँ वार्षिक साधारण सभामा गृहमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाउने प्रस्ताव अस्वीकार गर्दै यस्तो बताएका हुन् ।

मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने धारणा राख्दै उनले घटाउनुपर्ने बताएका हुन् । मन्त्रालय थप्ने माग सम्बोधन गर्न नमिल्ने उनले स्पष्ट पारे । उनले हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए ।  गृहमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलनात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको बताए ।

advertisement

गृहमन्त्री श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठुला  उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेको बताए । सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए । हस्तकला क्षेत्रको विकासका लागि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com