काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर रविले अघिल्लो पत्रकार सम्मेलनमा आफ्नो प्रस्तुत गलत भएको स्वीकार गरेका हुन् ।

advertisement

त्यो बेला आफूले डा. रामेश कोइराला, धर्म भुसाल, सम्भव सिरोहिया लगायतलाई पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको उनले बताए । ‘अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरूलाई पर्सनल अट्याक पनि गरेको छु आवेगवश’ उनले भने, ‘त्यसको लागि क्षमा चाहन्छु ।’

२२ माघमा ०७९ मा पत्रकार सम्मेलन गरेर १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएर आरोप लगाएका थिए । सोमबार आयोजित पत्रकार सम्मेलनमा भने रास्वपा सभापति लामिछानेले आफू जिम्मेवार ढङ्गले प्रस्तुत हुन चाहेको बताए । उनले अगाडि भने, ‘त्यस्तो आज पनि हुन्न, भविष्यमा पनि त्यस ढङ्गले प्रस्तुत हुने विचार गरेको छैन ।’

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com