काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

काँग्रेस कास्की जिल्ला सम्मेलनमा उद्घाटन गर्न पुगेका सभापति देउवालाई मंगलबार सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ लगायतले ज्ञापन पत्र बुझाएका हुन्।

advertisement

 

सहकारी पीडितको समस्याको समाधानका लागि पहल गरिदिन उनीहरूले देउवासँग माग गरेका छन्। पोखराको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा दुई जना पुर्पक्षको लागि थुनामा छन्। सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ पुर्पक्षका लागि थुनामा छन्।

सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो। उनीहरू अहिले फरार छन्। उनीहरूले सूर्यदर्शन सहकारीबाट एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

ग्यालेक्सी टिभीका अध्यक्षसमेत रहेका सहकारीका राईले सूर्यदर्शन सहकारीबाट मात्र कम्तीमा १० करोड रुपैयाँ गैरकानुनी रूपमा टेलिभिजनमा लगानी गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com