काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शुक्रराजको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरेकी छन् । उनले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कलम चलाउने पहिलो व्यक्ति भएको बताइन् । जीवन आफ्ना लागि मात्रै नभई देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकतामा उनको जोड थियो ।

उपमेयर डङ्गोलले भनिन्, ‘शुक्रराज शास्त्रीको योगदान साहित्यमा पनि उत्तिकै छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुहुन्थ्यो । विशेष गरी नेपाल भाषाको व्याकरण भने लेख्नुहुने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै हुनुहुन्छ । त्यस योगदानलाई पनि हामी स्मरण गर्न चाहन्छौँ । बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति हुनुहुन्छ । साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर उहाँले कलम चलाउनुभएको छ । उहाँको योगदानलाई कदर गर्दै उहाँले दिनुभएको उहाँको आफ्नो जीवन आफ्ना लागि मात्रै होइन सारा नेपालीका लागि हो भनेर उहाँले जसरी आफ्नो जीवन दिनुभएको छ, त्यसलाई स्मरण गर्न चाहन्छौँ ।’

advertisement

विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com