काठमाडौं । राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी भएर पनि अफ्नो परिवार माथि नभएको आरोप लगाउनु अन्याय भएको बताएका छन्।

वीरगन्जमा शनिबार गरिएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राजा ज्ञानेन्द्रले सम्झन समेत नसकिने क्षणलाई कतिपयले अतिरन्जित गरेर नेपाली नागरिकको मनमा बादल लाउने काम गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

advertisement

उनले भने,- जेठ,१८,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञान्ता र छलले अझ पनि हामी बहकीरहेका छौं । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो । आफ्नो पुख्यौली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २८ गते आमसञ्चार माध्यम मार्फत मैले भनेको थिएँ ‘म नेपाल मै बसि मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु’ अनि त्यत्तिबेलै मैले भनेको थिएँ “ स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ । हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो ।

उनले बितेका १५ बर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको भन्दै आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा आफुले ब्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा कृयाशील हुने भावनालाई आफुले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको बताए ।

उनले भने, त्यसै आसय अनुरूप मैले “ चिरकाल प्रर्यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिएँ । हामी देश मै छौं आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा, गाइरहेका छौं । अहिले पनि देशको सर्वागिण उन्नति होस्, भेदभाव रहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ। आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रहि आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ । त्यसैले हाम्रो राज्य ब्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ ब्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ ।”

प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com