काठमाडौँ । अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा सांसद विनोद चौधरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

आजको काँग्रेस संसदीय दलको बैठकमा अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् ।

advertisement

सांसद चौधरीले संसदीय दल र नेतृत्वको ध्यानाकर्षण गराएको एक नेताले जानकारी दिए । चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्ध रूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

चौधरीले ४२ सालमा खुल्ला प्रतिस्पर्धाबाट शेयर किनेको बैठकमा जानकारी गराएका बताइएको छ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com