पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी क्षेत्रमा राजावादीहरू सुरक्षा चुनौतीका रूपमा रहेको बताएका छन् ।
पोखरामा गण्डकी स्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राजावादी अभियानका कारण चुनौती बढेको बताए ।
समग्रमा गण्डकीमा सुरक्षा अवस्था राम्रो छ । तैपनि केही चुनौतीहरू छन्,’ उनले भने, ‘राष्ट्रिय रूपमा रहेका चुनौती यहाँ पनि छन् ।
तत्कालका लागि भन्दा खेरी संविधान नमान्नेहरूका कारण चुनौती छ । संविधान उल्लङ्घन गर्छु भन्ने, राजतन्त्र स्थापित गर्छु भन्ने, धार्मिक राज्य बनाउँछु भन्नेहरूले चुनौती थपेका छन् ।’
उनले सहकारी पीडित र मिटरब्याज पीडितका अभियानहरू पनि चुनौतीको रूपमा रहेको सुनाए । श्रेष्ठले भ्रष्टाचार देशको प्रमुख शत्रु भएकाले सरकार भ्रष्टाचार अन्त्य गर्न जिम्मेवार भएर लाग्ने बताए
प्रकाशित मिति: २० माघ २०८०, शनिबार













प्रतिक्रिया