काठमाडाै । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेकाे छ।
मंगलबार थुनछेक बहसपछि ४ अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ।
गत बिहीबार दर्ता भएको मुद्दामा न्यायाधीश कपिलमणी गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे।
प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार













प्रतिक्रिया