काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा गरेका छन्।

सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरेअनुसार बागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए।

advertisement

त्यस अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सोनाम ल्होछारका लागि सरकारले वर्ष सहयोग गर्ने आश्वासन दिए। गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’को भनाइ थियो।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकी उपलब्धि हामी प्राप्त गरी छोड्ने छौँ। गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी बागमती प्रदेशबाट मन्त्री बन्नुहुन्छ भनेको थिएँ। मन्त्री बन्नु त भयो। प्रदेशमा बन्नुभयो।

त्यतिवेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो। मन्त्रिमण्डल पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईहरूलाई दिलाउन चाहन्छु। लाखौँ जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको पनि दोहोर्‍याए।

प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com