काठमाडौँ ।  मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका प्रमुख दुर्गा प्रसाईँले मिटरब्याज पीडितहरुको आँसुले शासकहरुलाई पोल्ने बताएका छन्।

आफ्नो महाअभियानको वार्षिक उत्सवको अवसरमा भृकुटीमण्डपमा प्रसाईंले १ लाख मानिसले नागरिकता त्यागेको उल्लेख गर्दै नेपालीले दुइटा नागरिकता राख्न पाउनुपर्ने बताए।

उनले केहि ब्यापारीको कारण देश टाट पल्टिएको भन्दै ‘यी हुन् राष्ट्रघार गर्ने ब्यापारी’ भन्दै केहि तस्बिर समेत ठूलो प्रोजेक्टर स्क्रिन सार्वजनिक गरे ।

 

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com