काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किसानले सरकार ढाल्न सक्ने ल्याकत राख्ने भएकाले किसानको मागलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै दूध र मह किसानको समस्या समाधान गर्न माग गरेका हुन् ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसान आन्दोलनमा छन्, दूध पोखेका छन्। अर्कातिर विदेशबाट आउने पाउडर दूध र नक्कली महका कारण किसान मारमा छन् किसानको आन्दोलनलाई नजरअन्दाज ग¥यो भने किसानहरूले सरकार ढाल्ने क्षमता राख्छन्। होसियार रहनु होला।’

advertisement

उनले मिटरब्याजी पीडितसँग वार्ताको लागि सरकारसँग माग गरे।
उनले भने, ‘२३ दिन लगाएर काठमाडौँ आएका छन्। सिंहदरबारले वार्ताका लागि ढोका खोलेस् नथुनोस्। मिटरब्याजको समस्या समाधान गर्‍यौँ भनेर छाती फुलाएको सरकारले कुन छाती राखेर वार्ता गर्छ।’

भूमिहीन किसानहरूलाई चुनावी फण्डा नबनाउन र भरतपुरको फोहोर व्यवस्थाबारे भरतपुर ३ को नगर वनको विकल्प खोज्न समेत माग गरे।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com