काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारलाई सहयोग र प्रोत्साहन गर्नु सत्ताघटकको हिसाबले काँग्रेसको दायित्व भएको बताएका छन् । उनले काँग्रेस गठबन्धन सरकारको प्रमुख घटक रहेको भन्दै त्यो निरन्तर रहने बताएका हुन् ।

पार्टीको महासमिति बैठकको समापन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टीलाई थप अनुशासित, ऊर्जावान र एकताबद्ध बनाएर अघि बढाउने विषयमा प्रेरणा प्राप्त भएको बताए ।

advertisement

 

‘काँग्रेस वर्तमान गठबन्धन सरकारको प्रमुख घटक हो । त्यसकारण पनि मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन यो सरकारलाई निरन्तर सहयोग र प्रोत्साहन गर्नु काँग्रेसको दायित्व हुन्छ,’ देउवाले भने ।

उनले पार्टीले गौरवशाली इतिहासलाई आधार बनाएर समयसापेक्ष, दूरदर्शी र जिम्मेवारीपूर्ण ढंगले व्यवहार अपनाएकै कारण साढे सात दशक लामो यात्रा तय गरिसकेको भन्दै अबका लागि थप संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।

उनले महासमिति बैठकबाट पारित भएका प्रस्तावहरूलाई केन्द्रीय कार्यसमितिले संशोधनसहित पारित गर्ने जानकारी गराए । ‘विभिन्न प्रस्तावहरूमाथि साथीहरूले महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ । ती सुझावहरू समेतलाई मध्यनजर गर्दै हामी केन्द्रीय कार्यसमितिबाट निर्णय लिनेछौँ,’ उनले भने ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com