काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आमाको निधन भएको एक वर्षपछि किरिया शुरू गरेका छन् । पशुपतिस्थित कृयापुत्री कोठा नम्बर ११३ मा आमाको क्रिया बसेका हुन् ।

बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले भण्डारी किरिया बसेको तस्वीर सामाजिक सञ्जालमा राख्दै मृतक आमालाई श्रद्धान्जली दिएका छन् । ‘नेपाली  कांग्रेसका केन्द्रीय  सदस्य  डा. चन्द्र भण्डारीज्यू  तत्कालीन घटनामा गम्भीर  घाइते  हुदा  उहाँकी माताको  अकल्पनीय  र दुखद् निधन  भएको  थियो ।  उक्त समयमा स्वास्थको कारणले आमाको क्रियामा बस्नसक्ने अवस्था थिएन,’ उनले लेखेका छन्, ‘यसैकारण अहिले  उहाँ आमाको क्रियामा पशुपति कृयापुत्री भवन, रुम नम्बर  ११३ मा हुनुहुन्छ ।’

advertisement

गत फागुनमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनकी आमा ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको थियो । विस्फोटमा चन्द्र भण्डारी पनि घाइते भएका थिए ।

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com