काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सरकारको सुशासनको नारा कार्यान्वयन नभइरहेको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा उनले बहालवाला मन्त्रीहरू माथि नै कयौँ आरोपहरू रहेको भन्दै सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।
‘सरकारका मन्त्री अख्तियारमा झन्डा हल्लाएर बयान दिन जान्छन् सरकार हामी शासनमा छौँ भन्छ । मन्त्री नै बयान दिन जान्छन् भने कस्ता सुशासन हो ?’ उनले प्रश्न गरे ।
कृषि मन्त्रालय खारेज गर्न उनले सुझाव दिए । किसानका समस्याहरू सम्बोधन नगर्ने मन्त्रालयलाई कर्मचारीहरूलाई तलब दिएर मात्रै राख्न नहुने उनको भनाइ थियो ।
कृषि मन्त्रालयको खातामा भएको अरबौँ रकम किसानको खातामा पठाऔँ मन्त्रालयले कर्मचारी र मन्त्री पालेर मात्रै काम छैन उनले भने।
सांसद सिंहले मन्त्री र प्रधानमन्त्रीलाई आफ्नो क्षेत्रको बजेटमा कुनै निर्णय गर्न नसक्ने कानुनी व्यवस्था गरे मात्रै समान विकास हुने बताए ।
प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार













प्रतिक्रिया