काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसद्‌मा उभिएर जवाफ दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन् भने संसद्‌मा आएर जवाफ दिनुपर्ने बताएका हुन्।

advertisement

उनले सभामुखले पटक–पटक रुलिङ गरेको भन्दै मन्त्रीहरुलाई संसद्‌मा उभिएर जवाफ दिन केले रोकेको छ? भनी प्रश्न समेत गरे। सार्वभौम संसदलाई लडाईं र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ? भन्ने प्रश् गर्दै लामिछानेले एनसेल खरिद-बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसद्‌मा छलफल हुनुपर्ने बताए।

उनको प्रश्न थियो, ‘यो सार्वभौम संसद्‌लाई लडाईंको क्षेत्र जस्तो, आरोप–प्रत्यारोपको क्षेत्र जस्तो किन बनाइएको छ? सभामुखबाट रुलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरुले आफूलाई लागेको गम्भीर आरोपका विषयमा यो सदनमा आएर उभिएर जवाफ दिन रोकेको छके रोकेको छ? किन यो चिज निरन्तर मागिरहनुपर्ने भयो?’

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com