काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद आरोप प्रत्यारोपमै सिमित बनेको बताएका छन्।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गरे।

advertisement

उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।

उनले भने, ‘विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोल यताको पक्षको दाग देखाउने काम भइरहेको छ। यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मुल विषय पनि छायाँमा पर्ने भयो।

आसनको दायाँ बस्ने होस् की बायाँ बस्ने होस्, काखैको होस् की पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ।

अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ। यत्ति गर्नसके होला? निर्दोष भए फर्किएर आउला, फूलमाला लगएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नु होला। अलि सफा गर्नसके मिटरब्याज, दुध किसानको बारेमा, एनसेलको प्रतिवदेनको बारेमा जमेर छलफल गर्न सकिन्छ।’

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com