काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने फाइनल खेलमा खेलाडीको रूपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् ।

फ्रान्स क्लबमा आबद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध आज रातिहुने फाइनल खेल खेल्न नपाउने भएपछि यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् । उनले जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्ने गरिन्थ्यो त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छन् ।

advertisement

उनले टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जाने विश्वास गरेकी छन् । उनले भनेकी छन्,‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु ।
खेलाडीको रूपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।शुभकामना टिम।हामी सक्छौँ, हामी गर्छौँ।’

पैसाको लागि आफ्नो देशको तर्फबाट फाइनल नखेलेको आरोप लागेपछि उनले देशका लागि खेल्नु आफ्नो लागि आज पनि उत्तिकै महत्त्वपूर्ण भएको प्रष्टीकरण दिएकी छन् । साथै फुटबल खेलाडी भएपछि आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उल्लेख गरेकी छन् ।

प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com