काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा नयाँ सत्तागठबन्धनको दोस्रो बैठक बसिरहेको छ । आजै दोस्रोपटक बसेको बैठकमा शक्ति बाँडफाँट मुख्य एजेन्डा रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । यसैगरी, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, वर्षमान पुन, राजेन्द्र श्रेष्ठलगायतका नेता पनि बैठकमा सहभागी छन् ।

advertisement

बैठकले परिवर्तित नयाँ राजनीतिक परिस्थितिमा शक्ति बाँडफाँटको टुंगो लगाउने र त्यसलाई लिखित सहमति गर्ने बताइएको छ ।

बैठकमा संघ र प्रदेश सरकारहरूको शक्ति बाँडफाँट नै बैठकको मुख्य एजेन्डा रहेको बालुवाटार स्रोतले बतायो ।

कांग्रेससँगको सहकार्य तोडेर आजै प्रधानमन्त्री प्रचण्डले नयाँ सत्तागठबन्धन बनाएका हुन् । त्यससँगै आज बिहान पनि यी दलबीच छलफल चलेको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com