काठमाडौँ । निःवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताएका छन्।

बुधबार गृह मन्त्रालयबाट बिदाइ हुँदै निवर्तमान मन्त्री श्रेष्ठले आफूले मिटरब्याजी पीडितहरूलाई न्याय दिनको निम्ति सकारात्मक भूमिका खेलेको बताएका हुन्। उनले आयोग र कानून बनाउँदै सरकार अगाडि बढेको भन्दै पछि सबै उजुरीहरू जिल्ला प्रहरी कार्यालयमा पठाएर काम अगाडि बढाइएको बताए।

advertisement

उनले कतिपय प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीलाई मिटरब्याजी सम्बन्धी काममा राम्रो नगरेका कारण सरुवासमेत गरेको बताए। उनले यो कामलाई फत्ते गर्नैपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत पनि गराए। उनले पीडितलाई न्याय दिने काम निरन्तर रूपमा अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोगको घोषणा गर्‍यौँ। त्यसपछि कानून निर्माणको प्रक्रियामा गयौँ। त्यसपछि सिडिओ अफिसमा सहजीकरण समिति बनायौँ। त्यसो गर्दा खेरी हामीले धेरै सकारात्मक भूमिका निर्वाह गर्‍यौँ।

पीडितलाई न्याय दिनको निम्ति। अहिले पनि एक महिनाभित्रमा तीन हजारभन्दा बढी पीडितले न्याय पाइसके जिल्ला प्रहरी कार्यालयमा। म के भन्छु भने, यसलाई ध्यान दिइयोस्। एउटा मन्त्री गएर अर्को मन्त्री आउँदा खेरी यो प्रक्रिया कमजोर नहोस्।’

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com