काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन् । बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘यदि राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस् । खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ । खेल क्षेत्रमा रहेका भौतिक र आर्थिक समस्या समाधान गर्न म तयार छु । त्यसका लागि साथ लिन तपाईं पनि त तयार हुनुपर्यो । ताली एक हातले मात्र बज्दैन ।’
खेलकुदको विकास भएन भन्ने कथन लामो समयदेखि सुन्दै आएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबैले आफ्नो क्षेत्रमा जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताए ।
प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार













प्रतिक्रिया