काठमाडौं । बलात्कार मुद्दामा सन्दीप लामिछानेमाथी जिल्ला अदालतले दोषी देखाएको भए पनि सरकारी पक्ष पीडित भनिएकी ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पाटन पुगेको छ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। तर नाबालिक भने नरहेको अदालतको ठहर थियो।

advertisement

सन्दीप पक्ष बलात्कार मुद्दामा निर्दोश रहेको भन्दै उच्च अदालत पुगेपछि सरकारी वकिल सन्दीप नाबालिक बलात्कार मुद्दा लिएर पुन: उच्च अदालत पुगेको छ।

सन्दीपविरुद्धको मुद्दा दर्ता भएको छ। उनीहरूले सन्दीपलाई नाबालिका बलात्कार अभियोगमा हदैसम्म कारवाही माग गर्दै मुद्दा दर्ता गरेका हुन्।

 

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com