काठमाडौं । काठमाडौं महानगरपालिकाले माछामासु, तरकारी तथा फलफुल व्यवसायलाई १५ दिनभित्र सूचीकृत हुन भनेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्र सञ्चालनमा रहेको तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग व्यवसाय दर्ता हुन भनेको हो ।

advertisement

‘महानगरपालिकामा व्यवसाय दर्ता गरेर कृषि तथा पशुपन्छी विभागमा सूचीकृत नभएमा कारबाही हुनेछ,’ सूचनामा भनिएको छ ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले महानगरभित्र रहेको सबैखाले व्यवसायहरुलाई करको दायरामा ल्याउने, नियमन गर्नका लागि सूचीकृत गराउन लागेको बताए ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com