काठमाडौं । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक मन्त्रीको रुपमा सपथ गराउन प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।
पुनर्गठित मन्त्रीपरिषदमा दीपक मनाङे र महेन्द्रध्वज जिसी रहेका छन् । आइतबार मात्रै नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियत माग गरेका मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार













प्रतिक्रिया