काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएपनि ठोस निर्णय हुन सकेको छैन्।
सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको भनाइ छ।
‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ’, उनले भने, ‘बैठकले कुनै निष्कर्ष भने निकालेको छैन।’
आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए।
प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार













प्रतिक्रिया