काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा खरिद-विक्री प्रकरणमा नेपाली काँग्रेसका सांसद चौधरीमाथि अनुसन्धान भइरहेको सिआइबीले पत्र लेखी सभामुख घिमिरेलाई जानकारी गराएको हो । सिआइबीले बुधवार जानकारी गराएको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा खरिद-विक्री प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसद विनोद चौधरीमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार













प्रतिक्रिया