काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन भद्रकालीबाट सिंहदरवारतर्फ अगाडि बढेपछि झडप भएको थियो।
आन्दोलनरत प्रदर्शनकारीहरुले गृहमन्त्री रवि लामिछानेविरुद्द चर्को नाराबाजी गरेका थिए भने राप्रपा अध्यक्ष लिङ्देन लगायतका नेताहरुले गृहमन्त्री लामिछानेको राजिनामा माग गरेका थिए।
प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार













प्रतिक्रिया