काठमाडौं । नेपालमा डिजिटल भुक्तानी गर्दै आएको पे वेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सत्यन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार सत्यन्द्रलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरिएको हो।

advertisement

विसं २०७७ सालमा स्थापना भएको पे वेलले नेपालमा डिजिटल भुक्तानीमा चर्चा पाएको थियो। प्रहरीका अनुसार ३९ वर्षीय सीइओ श्रेष्ठले क्यानडा पठाउने भन्दै जानुका निरौलालगायतबाट ६८ लाख २० हजार उठाएका थिए।

उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com