काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका गरिब र सुकुम्वासीप्रति अनुदार देखिएको आरोप लगाएका छन्।

भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिब र सुकुम्वासी देख्नै नहुने कुनै पनि सरकारले गर्न नहुने बताए।

advertisement

सुकुम्वासीका छाप्रा भत्काउन समयसमयमा डोजर चलाउने गरेको भन्दै उनले लोकतन्त्रमा समस्या समाधान सहमतिबाट लिनु पर्नेमा जोड दिए। केही समयअघि काठमाडौंको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको प्रशंग उठाउँदै उनले गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापनका लागि प्राथमिकता दिनुपर्ने धारणा राखे।

काठमाडौं उपत्यकाभित्र मात्रै ४८ सय घरपरिवारलाई व्यवस्थापन गर्न सकिने दाबी गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउन सुझाव दिए। उनले भने, ‘भत्काउने होइन, बनाउने अभियान चलाऔँ। सरकारमा हाम्रो पार्टी जनताको काम गर्न गएको हो।’

अध्यक्ष ओलीले नक्कली सुकुम्वासीका नाममा डोजर चलाउन तत्काल बन्द गर्न मेयर बालेन्द्र शाहलाई सुझाएका थिए।

  • नागरिक

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com