काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा चाँडै प्रधानमन्त्री बन्ने बताएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यक्रममा बोल्दै उनले पार्टी सभापति छिट्टै प्रधानमन्त्री बन्ने भएकाले खेल क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
उनले भने, ‘सम्पन्न राष्ट्र नभएकाले हामीले खेलकुदमा प्राथमिकता दिन सकेनौँ । तर, यसलाई हामीले महत्त्व दिनुपर्छ, म आदरणीय सभापतिलाई भन्न चाहन्छु, तपाईँले इच्छा प्रकट गर्नुभयो भने हुन्छ। आउने दिनहरूमा तपाईँ प्रधानमन्त्री बनिहाल्नुहुन्छ । खेललाई चाहिँ प्राथमिकतामा राख्नुहोला ।’
प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार













प्रतिक्रिया